१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कालिकोट क्षेत्र नं २ का तरुणदल अध्यक्ष शाहीले गरे कांग्रेस परित्याग


September 14, 2025
21.2k
Shares

काठमाडौं,२९ भदौ । नेपाली कांग्रेस कालिकोट निर्वाचन क्षेत्र नं २ का तरुणदल अध्यक्ष सुरेस शाही सेरसिंङले कांग्रेस परित्याग गरेका छन् । कांग्रेस बीपीको विचार, पार्टीको विधि र सिद्धान्तभन्दा बाहिर गएर व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको भन्दै शाहीले पद र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनले राजीनामा पत्रमा लेखेका छन् “समयसँगै आएको परिवर्तनलाई मैले पनि स्वीकार्नुपर्छ । म पनि यसै पुस्ताको युवा भएकाले परिवर्तनको नारा मेरो तर्फबाट पनि बुलन्द गर्नुपर्ने देखिन्छ। त्यसैले, आज यी भ्रष्टहरूको चङ्गोलबाट मुक्त भई, स्वतन्त्र ढङ्गले देश र जनताको हकहितमा सेवा गर्ने प्रण गर्दै, नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरी यो राजीनामा बुझाएको छु। ”

आज तरुणदल केन्द्रीय सदस्य संजिब गुरुङ्गले पनि राजीनामा दिएका छन् । कांग्रेसले युवा पुस्ताको सम्मान गर्न नसकेको र तरुण दल विधि विधानभित्र नचलेको भन्दै आइतबार उनले राजीनामा दिएका हुन् । तरुण दलले आफ्नो इतिहास बिर्सेको आरोप लगाउँदै गुरुङ्गले सम्पुर्ण युवाहरुलाई परिवर्तनको बाटोमा उभिन सल्लाह दिएका छन् ।

“आज देशमा उठिरहेको जेनजी पुस्ताको आवाजसँगै, म बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसको साधारण सदस्य हुँ। नेपाली कांग्रेसको इतिहास गर्व गर्नलायक छ। आजको जेनजी पुस्ताजस्तै, त्यो समय राणाहरूको निरङ्कुश शासन चलेकै बेला, बीपी कोइराला चार वर्षको उमेरमै परिवारसहित देश निकाला भएका थिए। युवावस्थादेखि नै परिवर्तनको सोच र परिवर्तित समाजको परिकल्पना बोकेका बीपी कोइरालाले जहानिया शासनको विरुद्ध भारतभूमिबाट परिवर्तनको नारा गुञ्जाए, जसको परिणामस्वरूप २००७ सालमा नेपाल भूमिलाई सामन्तीहरूको पञ्जाबाट मुक्त बनाई देश र जनताको हकहितमा सदैव जीवित रहने नेपाली कांग्रेस संगठन बनेको हो।” उनले लेखेका छन्,“तर २०८२ सालमा आइपुग्दा, उही कर्मयोद्धाको इतिहास बिर्सिएर, फेरि भ्रष्ट र सामन्ती सोचलाई पुनर्जीवित गर्दै, आफ्नो मनोमानी र स्वार्थमा राज्य सत्ता चलाइ, देश र जनताको हकहितभन्दा बाहिर संगठन पुगेको स्पष्ट देखिन्छ। यसरी बीपीको विचार, पार्टीको विधि र सिद्धान्तभन्दा बाहिर गई, व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको प्रष्ट भएको छ।”

तरुणदल केन्द्रीय सदस्य गुरुङ्गले दिए राजीनामा

ÓññÓñ░ÓÑüÓñúÓñªÓñ▓ ÓñòÓÑçÓñ¿ÓÑìÓñªÓÑìÓñ░ÓÑÇÓñ» Óñ©ÓñªÓñ©ÓÑìÓñ» ÓñùÓÑüÓñ░ÓÑüÓñÖÓÑìÓñùÓñ▓ÓÑç ÓñªÓñ┐ÓñÅ Óñ░Óñ¥Óñ£ÓÑÇÓñ¿Óñ¥Óñ«Óñ¥

प्रतिक्रिया