२७ भाद्र २०८२, शुक्रबार | September 12, 2025

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की


September 12, 2025
0
Shares

काठमाडौं, २७ भाद्र । सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन् । उनी प्रथम महिला प्रधानन्यायाधीश पनि हुन् ।

नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश बनेर सुशीलाले इतिहास रचिन् ।

जेनजी आन्दोलनको आँधीले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि सुशीला प्रधानमन्त्री बनेकी हुन् । उनलाई जेनजीले पनि समर्थन गरेका थिए ।

सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत देशको सरकारी र व्यक्तिगत सम्पत्तिहरु जलेर ध्वस्त पारिएको अवस्थाबीच सुशीलाका सामु ठूलो चुनौती छन् । यसलाई सामना गर्न उनलाई निकै कठिन पर्न सक्छ ।

प्रतिक्रिया