जेन्जि मित्रहरुलाई खुला पत्र
– एस. के. तिमिल्सिना:
प्रिय मित्रहरु,
नेपालमा भ्रष्ट शासकको विरुद्धमा विद्रोहको आवश्यकता थियो । भ्रष्टाचारको विरुद्धमा हामीले पनि लामो समयदेखि आवाज बुलन्द गर्दै आएका थियौं, तर यसलाई निष्कर्षमा पु¥याउन सकिएको थिएन । तपाईहरुको नेतृत्वमा २०८२ साल भाद्र २३ गतेबाट शुरु भएको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र भ्रष्टाचार विरुद्धको आन्दोलन सफलताको शिखरमा पुग्दा हामीले गर्वको अनुभूति गरेका छौं । यो आन्दोलनले सृजना गरेका अध्यारा पक्षहरुको बारेमा अहिले उल्लेख नगरौं । केही कमजोरीका बाबजुद यसलाई निष्कर्षमा पु¥याउने कार्य तपाईहरुबाट भयो । भ्रष्टहरु लखेटिए । यसको हामी मुक्त कण्ठले प्रशंसा गर्दछौं ।
नेपालमा भ्रष्टाचार विरुद्धको आन्दोलनको स्मरण गर्दा झापा निवासी दुर्गा प्रसाई पनि भुल्न नसकिने नाम हो । वहाँले २०७९ साल फागुन १ गते पूर्वी नेपालको बिर्तामोडबाट सुरु गर्नु भएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिक तथा नागरिक बचाउ नामक अभियानरुपी आन्दोलनले साढे दुई वर्षको अवधिमा नेपालका हिमाल, पहाड र तराईका विभिन्न स्थानमा १०० वटा भन्दा बढी आम सभाको आयोजना ग¥यो । यसरी आयोजना गरिएको प्रत्येक आमसभाहरु कम्तीमा पनि १० औं हजार नागरिकको सहभागिता रहेको थियो भन्ने कुराको साक्षी सामाजिक सञ्जालहरु �
प्रतिक्रिया

