सेना सक्रिय, विध्वंश मच्चाउन खोज्नेलाई चेतावनी

काठमाडौं, २५ भाद्र । नेपाली सेना सक्रिय भएको छ । प्रधानसेनापति अशोक राज सिंग्देलले देशवासीका नाममा गएराति सम्बोधन गरी आन्दोलनरत पक्षलाई वार्ताको आव्हानपछि सक्रियता देखाए । उनले शान्तिसुरक्षामा जोड दिए ।
सैनिक जनसम्पर्क निर्देशनालयले नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न अहोरात्र खट्टिरहेको स्पष्ट पारेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु रोक्ने रणनीति बनाएको छ । उसले त्यस्ता तत्वहरु आफ्नो समुदायमा देखिएमा यथासिघ्र नेपाली सेनाको ज्यतष्लिभ ९८६३०२९०२९ को सम्पर्क नमबरमा मेसेज पठाई सहयोग गरिदिनु हुन अनुरोध गरेको छ ।
सेनाले संवेदनशील स्थानहरुमा अवांक्षित गतिविधिहरुलाई सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको निरन्तर निगरानी र खबर आदान प्रदान गरी आफु र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
केही उछृङखल तत्वहरुले भ्रामक खबरहरु समेत सामाजिक सञ्जालमा राखी स्थितिलाई थप अतिरन्जित र त्रासको वातावरण सिर्जना गर्न खोजेको हुंदा यस्ता क्रियाकलापहरुलाई निस्तेज गर्न आ(आफ्नो क्षेत्रबाट सही खबर मात्र संप्रेषण गरी सहयोग गरिदिनु समेत सूचित गरेको छ ।