१८ भाद्र २०८२, बुधबार | September 3, 2025

चीनको भिक्ट्री परेडमा प्रधानमन्त्री ओली किन सहभागी भए


September 3, 2025
0
Shares

समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओली चीनले जापानमाथि विजय हासिल गरेको घटनाको रुपमा मनाइने भिक्ट्री परेडमा सहभागी भए । उनीसहित २६ देशका नेताहरु उक्त परेडमा सहभागी भए । जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायत थिए ।

सांघाई कोअपरेशन अर्गनाइजेशनको सम्मेलनमा सहभागी हुन पुगेका ओलीले विश्वका प्रभावशाली नेताहरुसँग भेट गर्न पाए । जसमा चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिनसँगको भेट महत्वपूर्ण रह्यो ।

भिक्ट्री परेडमा मोदी भने सहभागी भएनन् । जापान भ्रमण गरेर चीन पुगेका मोदी सांघाई समिटमा सहभागी भई दिल्ली फर्किए । ओलीले भिक्ट्री परेडमा सहभागी भएर जापानलाई चिढ्याएको विश्लेषण भइरहेको छ । जापान नेपालको मुख्य दातृ संस्था हो ।

ओलीले सी चिनफिङसँगको भेटमा लिम्पियाधुराबारे कुरा उठाए । भारत र चीनबीच नेपाली भूभाग लिम्पियाधुरा भएर व्यापारिक मार्ग सुचारु गर्ने सहमति भएको छ । सी चिनफिङले नेपाल र भारतको विषय भएकाले त्यसबारे गम्भीरता देखाएनन् ।

ओली भारत भ्रमण गर्नुअघि चीन गए यसपटक । उनको यो भ्रमण निकै अर्थपूर्ण रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपा एमालेको विशेष सम्बन्ध छ । कम्युनिस्ट विचारले पनि चीनसँग एमालेको विशेष सम्बन्ध रहन गएको हो ।

प्रतिक्रिया