१८ भाद्र २०८२, बुधबार | September 3, 2025

भाषा आयोगको विज्ञप्तिले इम्बोस्ड माफियाहरु त्रस्त


September 3, 2025
415
Shares

काठमाडौं, १८ भाद्र । सरकारले नेपाली भाषाको देवनागरी लिपि नामेट पार्ने नियतले इम्बोस्ड नम्बर प्लेट लाद्न खोजेपछि सर्वत्र विरोध चुलिएको छ । सर्वसाधारण, नागरिक अगुवा देखि विभिन्न संघसंस्थाले विरोध गरिरहेका छन् । तर, सरकारमा रहेका भ्रष्टहरु जरिवाना र करको त्रास देखाउँदै अरबौंको कमिशनखोरसँग साँठगाँठ गरी अघि बढ्न खोजिरहेका छन् । यसैबीच भाषा आयोगले विज्ञप्ति जारी गरी संविधानले नचिनेको लिपिमा इम्बोस्ड नम्बर प्लेट नराख्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

भाषा आयोगले मंगलबार विज्ञप्ति जारी गरी रोमन लिपिको इम्बोस्ड नम्बर प्लेटलाई संविधान विपरित भनेको छ । संवैधानिक निकायबाट नै यस्तो विज्ञप्ति जारी भएपछि माफियाहरु त्रस्त भएका छन् ।

सरकारले हतार हतार इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने विदेशी कम्पनीलाई ९० करोड पठाइसकेको खुलेको छ । यसका पछाडि ठूलै कमिशनको खेल रहेको बुझिएको छ ।

प्रतिक्रिया