१२ भाद्र २०८२, बिहिबार | August 28, 2025

सापटी दिएको पौने ५ करोड फिर्ता माग्न खोज्दा…


August 28, 2025
1.6k
Shares

काठमाडौं, १२ भाद्र । तपाईँले सापटी दिएको रकम माग्दा उल्टै किर्ते गरी फसाउन खोजिन्छ भने के होला ? यस्तै गरेका धितोपत्र बोर्डका एकजना ब्रोकरले ।

नेपाली समाजमा इमान्दारिता हराउँदै जाँदा विश्वासको संकट बढ्दो छ । पैसाको लागि जे पनि गर्ने गतिविधि बढेको छ । धितोपत्र बोर्डका ब्रोकर विजय रानाभाटले पौने ५ करोड भन्दा बढी सापटी लिएर उल्टै पीडितलाई फसाउने षड्यन्त्र गरेको खुलेको छ ।

पीडितहरु काभ्रेका लक्ष्मी शर्मा र यज्ञप्रसाद शर्मा हुन् । उनीहरुलाई नयाँ सडकस्थित भृकुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नं ५५ का सञ्चालक विजय रानाभाटले सापटी लिएको रकम पचाउन उल्टै किर्ते गरी चेकमा फसाउन खोजेका छन् ।

शर्माद्वयले रानाभाटविरुद्ध उजूरी गरेका छन् । उजूरीमा विजय रानाभाटले चेक दुरुपयोग गरी ४ करोड ८६ लाख ८८ हजार ४१ हजार रुपैयाँ खाटाबाट झिकेको र पछि फिर्ता नगरेको उल्लेख गरेका छन् । रानाभाटसँग शर्माद्वयले चिनजान भएकाले विश्वासका आधामा उधारोमा पनि सेयर खरिद गर्ने गरेको र त्यस क्रममा धितोवापत् खाली चेक दिने गरेको र ती चेकहरु दुरुपयोग गरी लक्ष्मी शर्माको खाताबाट लक्ष्मी शर्माको ग्लोबल आइएमई बैंक कुलेश्वर शाखाबाट रानाभाटले सोही बैंकको कमलादी शाखाबाट जम्मा गरेको रकम झिकेर निजी खातामा जम्मा गरेको देखिएको छ ।

पीडित शर्माद्वयले उजूरीमा आफूहरुमाथि विश्वासघात गरेर करोडौं जालसाजी गरी ठगी गरेको उल्लेख गरेका छन् । २८ साउन २०७८ मा ४ करोड ८६ लाख ८८ हजार ४१ हजार रुपैयाँ रकम झिकेकोमा फिर्ता गर्न भन्दा उल्टै फसाउन खोजेको शर्माद्वयको भनाई छ ।

धितोपत्र बोर्डमा शर्माद्वयले उजूरी दिदै सेयर ब्रोकरले लगानीकर्तासँग धितोवापत खाली चेक लिएको र चेक दुरुपयोग गरी रकम झिकेर फिर्ता नदिएको उल्लेख गरेका छन् । रानाभाटले जालसाजी गरेकाले सम्पत्ति शुद्धिकरण ऐन अनुसार सम्पत्ति छानबिन गर्न र सेयर कारोबार नै रोक लगाउन माग गरेका छन् । रानाभाट भने सम्पर्कविहिन छन् ।

प्रतिक्रिया