१० भाद्र २०८२, मंगलबार | August 26, 2025

सीडेनको नेतृत्वमा झा र केसी मैदानमा, कस्ले मार्ला बाजी ?


August 26, 2025
415
Shares

काठमाडौं, १० भाद्र । यतिबेला नेपाली काँग्रेसनिकट इन्जिनियर्सहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स सीडेनलाई चुनाव लागेको छ । सीडेनको नेतृत्वमा पुग्न रवि भूषण झा र धनेन्द्र केसी प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।

आठौं कार्यसमितिका लागि यसै हप्ता निर्वाचन हुनलाग्दा उम्मेदवारहरुको दौडधूप तिव्र भएको छ । उनीहरु काँग्रेसनिकट इञ्जिनियरहरुलाई भेट्ने देखि आफ्नो पक्षमा पार्न सबै उपाय अपनाइरहेका छन् । काँग्रेसका प्रभावशाली नेताहरुको समर्थनका लागि पनि लागिपरेका छन् ।

अध्यक्षका उम्मेदवार रवि भूषण झालाई शेरबहादुर देउवा पक्षका रुपमा प्रस्तुत गरिएको छ । प्रकाशमान सिंहनिकट इञ्जिनियरहरु पनि उनको पक्षमा देखिएका छन् । झा नेपाल इन्जिनियर्स एशोशिएसनका निवर्तमान महासचिव हुन् । केसी सिडेनका पूर्व उपमहासचिव हुन् ।

अध्यक्षका अर्का उम्मेदवार धनेन्द्र केसी संस्थापनइतर समूहको समर्थन रहेको छ । उनलाई देउवाइतरका नेताहरुको समर्थन रहेको बुझिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि केसीसँग नजिक छन् ।

झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार छन् ।

केसीको प्यानलबाट उपाध्यक्षमा सागर शमशेर शाही, महासचिवमा भूपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सन्तोष नेपाली र कोषाध्यक्षमा रश्मिता बञ्जारा उमम्ेदवार छन् ।

भाद्र १४ मा हुने नयाँ कार्यसमितिको निर्वाचनमा सिडेनका ६ हजार ५ सय प्रतिनिधिले भाग लिनेछन् । उनीहरुले सात प्रदेशको १३ स्थानबाट मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रतिक्रिया