इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने सरकारको निर्णयविरुद्ध जाग नेपाली आन्दोलनमा

काठमाडौं, ७ भाद्र । नेपालको एकताको प्रतिक देवनागरी लिपि मेटाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने सरकारको निर्णयलाई राष्ट्रघाती भन्दै जाग नेपाली आन्दोलनमा जाने भएको छ । जाग नेपालीले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्ने भएको छ ।
जाग नेपालीका संयोजक डा. दीपेश केसीले देशघाती कदमविरुद्ध सशक्त आन्दोलनमा जाने बताए । उनले आन्दोलनको घोषणा रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।
इम्बोस्ड नम्बर प्लेटमा देश र विदेशको माफिया गिरोह लागेर नेपालको राष्ट्रिय एकताको प्रतिक देवनागरी लिपि नै नामेट पार्ने षड्यन्त्र भएको बताए । यो षड्यन्त्रविरुद्ध सिंगो देश एकजुट भई परास्त गर्नुको विकल्प नभएको बताए ।
पत्रकार सम्मेलनमा जाग नेपालीका स्वयंसेवक देखि समाजका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने उनले जानकारी दिए ।