केटा साथीको घर गएकी किशोरीको कसरी भयो मृत्यु ?

काठमाडौं,२२ साउन । पछिल्लो समय युवा युवती उदास हुँदै गएकाले विभिन्न अप्रिय घटनाको समाचार आइरहेका छन् । कलिलै उमेरमा प्रेममा पर्ने, आफ्ना प्रेमी प्रमिका बाहेक अर्को संसार नदेख्ने गर्दा समस्या झन् झन् बिग्रदै गइरहेको हो ।
राजधानी मै पनि एउटा त्यस्तै घटना बाहिर आएको छ । ललितपुरमा केटा साथीको घरमा गएकी १८ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । किशोरकै घरमा उनी बेहोस भएपछि उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा किशोरीको मृत्यु भएको बताइएको छ ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ भने किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । किशोर बेहोस भएलगत्तै किशोरले आफ्नो बुवालाई खबर गरेका थिए ।