भारतका विदेश सचिव मिश्री नेपाल आउने

एजेन्सी, २२ साउन । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी दुई दिने नेपाल भ्रणका लागि भदौ १ मा आउने तय भएको हो ।
समाचार एजेन्सी एएनआईले नेपालका विदेशसचिवको निम्तोमा मिश्री आउन लागेको उल्लेख गरेको छ । एएनआईले नेपालको विदेश मन्त्रालय र भारतीय राजदूतावास काठमाडौंका अधिकारीले भ्रमण तय भएको पुष्टि गरेको जनाएको छ ।
मिश्रीको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका रुपमा लिइएको छ । भारतले अमेरिकासँग सम्बन्ध चिसिएपछि छिमेकसँग सम्बन्धमा जोड दिइरहँदा हुन लागेको भ्रमण अर्थपूर्ण मानिएको छ ।