काठमाडौंका सबै क्षेत्रमा तरुण दलको महाधिवेशन सम्पन्न गर्न प्रतिनिधि खटाइए

काठमाडौं,२२ साउन । नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिले नेपाल तरुण दलको पाँचौँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको अधिवेशन अन्तर्गत प्रतिनिधिहरू खटाएको छ ।
जिल्ला अधिवेशन संयोजक कृष्ण जी खड्काले काठमाडौंको दश ओटै क्षेत्रमा पूर्णकालीन सदस्यता वितरण ,वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेश सभा र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न अधिवेशन प्रतिनिधि खटाइएको बताए ।
पार्टीको र तरुण दलको सम्बन्धित तह प्रमुखसँग समन्वय गरी भदौ ७ भित्र वडा अधिवेशन ,भदौ १५ भित्र पालिका अधिवेशन र भदौ ३० गते भित्र प्रदेश सभा एवं क्षेत्रीय अधिवेशन सम्पन्न गर्न अधिवेशन प्रतिनिधिलाई निर्देशन दिइएको हो ।