१९ श्रावण २०८२, आइतबार | August 3, 2025

क्यान्सरविरुद्धको भ्याक्सिन बन्यो, पहिलो बिरामीमाथि प्रयोग गरिदै


249
Shares

एजेन्सी, १८ साउन । क्यानसरविरुद्धको भ्याक्सिन बनेको छ । रुसमा बनेको भ्याक्सिन केही महिनाभित्रै क्यान्सरका बिरामीमाथि प्रयोग गरिने भएको छ ।

रुसको गमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अजेक्जेन्डर गिन्टसवर्गले भ्याक्सिन बनेको र बिरामीमाथि प्रयोग हुने घोषणा गरेका छन् ।

प्राणघातक रोग क्यान्सरको भ्याक्सिन पहिलोपटक बनेको हो । विश्वका धेरै देशले भ्याक्सिन विकास गर्न प्रयास गर्दै आएका थिए । यसमा रुस पहिलो बनेको छ ।

सन् २०२२ बाट क्यान्सरको भ्याक्सिन बनाउन सुरु गरेको थियो रुसले । उसले सफलता हासिल गरेको दाबी गरेको छ ।

सँसारमा करोडौं क्यान्सरका बिरामी छन् । रुसमा मात्र ४० लाख क्यान्सरका बिरामी छन् ।

प्रतिक्रिया