१३ श्रावण २०८२, सोमबार | July 29, 2025

मध्य वर्षामा पनि लहानमा चाइना रेल्वे कम्पनीबाट नदी दोहन, उममेयर महतोले खुलाए मेयर चौधरीको चलखेल (भिडियोसहित)


6.5k
Shares

लाहान, १२ साउन । मध्य वर्षामा पनि लहान नगरपालिकामा नदीको दोहन चलिरहेको छ । चाइना रेल्वे कम्पनीसँगको मिलेमतोमा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो संलग्न भएको खुलेको छ । ठूलो आर्थिक चलखेलमा खोलाको दोहन चलिरहेको उपमेयर राम चलितर महतोले उजागर गरे ।

लाहानको नदीबाट दैनिक सयौं टिपर ढुंगागिट्टी निकालेर लगिन्छ । जसका कारण लहान नगरपालिका १० वस्तीपुर ग्रामीणचोक हुँदै लाहान जाने बाटो ध्वस्त पारिएको छ ।

चाइना रेल्वे कम्पनीसँग वार्षिक डेढ करोड राजश्व लिएर खोला दोहन गर्न दिइएको छ । तर, ५० करोड निर्माण खर्च लागेको सडक ध्वस्त पारिएको उपमेयर राम चलितर महतोले बताए । उनले सडक ध्वस्त पारेर नदीको दोहन गर्नुले ठूलो चुहावट भइरहेको खुलाए । उनले भने, ‘राजश्व संकलन गर्ने डेढ करोड चाइनिजसँग अनि रोड ध्वस्त पार्ने ५० करोडबाट । कहीं न कहीं चुहावट छ ।’

। बाटो सबै ध्वस्त भएको छ । २५ टनको सामान बोक्ने टिपर चल्छ । टिपर आतंक छ । प्रयोग गर्ने तर सडक नबनाउने गरेको छ । डेढ करोड राजश्व लिएको छ । ५० करोडको सडक ध्वस्त छ । चाइना रेल्वे कम्पनीले खोलाको गिट्टी ढुंगा दोहोन गरेको छ ।

खोला नै डोजर लगाएर प्राकृतिक स्रोतको दोहन गरेको देखिन्छ । यसमा सिरहा जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो पनि संलग्न रहेको स्थानीयले बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी पनि नदीको दोहनमा आँखा चिम्लिएर बसेका छन् । अवस्था यस्तै रहे लहानका जनता विद्रोहमा उत्रने चेतावनी दिन थालेका छन् ।

प्रतिक्रिया