यौनपिपासु इपिस्टिनको फाइलमा ट्रम्पको नाम भेटिएपछि…

एजेन्सी, ९ साउन । कम उमेरका केटीहरुलाई पैसाको प्रलोभनमा धनाढ्यहरुसँग सेक्सका लागि वाध्य पार्ने गिरोहका नाइके थिए जेफ्री इपिस्टिन । त्यस्ता केटीहरुलाई निजी विमानमा राखेर टापुहरुमा लाने र यौनक्रिडा गर्न लगाउँथे । इपिस्टिनको गिरोहमा पाका महिलाहरु पनि थिए । उनको धन्दा केही वर्ष अघि भण्डाफोर भयो ।
जेलमा रहँदा इपिस्टिनको रहस्यमय मृत्यु भयो । उनी जेलमा रहँदाको केही समयको भिडियो फुटेज समेत गायब छ । तर, यो विषय अहिले निकै चर्चामा छ ।
इपिस्टिनको फाइलमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनको नाम समेत भेटियो । हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि भेटियो । इपिस्टिन क्लिन्टन, ट्रम्पसँग बसेको तस्बिर पनि सार्वजनिक छ । बेलायतका राजकुमार एन्डु पनि इपिस्टिनको यौन गिरोहसँग सम्बन्ध रहेको खुल्यो । उनले कम उमेरकी केटीसँग यौन सम्बन्ध राखेको खुल्यो । ती पीडित केटीलाई ठूलो धनराशी दिएर मुद्दा मिलाए ।
अहिले ट्रम्पको विषय जोडतोडले आएको छ । अमेरिकामा विपक्षीले यो विषय उठाएपछि तरंग आएको छ । ट्रम्पको इपिस्टिनसँगको सम्बन्धका रहस्यहरु खुल्न थालेको छ । यसले उनलाई चुनौती बढाएको छ ।