११ श्रावण २०८२, शनिबार | July 26, 2025

थाइल्यान्ड र कम्बोडियाबीच युद्ध किन


2.5k
Shares

एजेन्सी, ९ साउन । दक्षिणपूर्वी एशियाका देशहरु थाइल्यान्ड र कम्बोडियाबीच युद्ध भएको छ । यसै हप्ता भीषण युद्ध हुँदा १२ थाइ नागरिक मारिएका छन् । जसमा अधिकांश सर्वसाधारण थिए । कम्बोडियातर्फ कति मारिए यकिन भएको छैन ।

दुई देशबीच भूभागसम्बन्धी विवाद छ । यो विवाद शताब्दीऔं पुरानो हो । फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि कम्बोडियाको थाइल्यान्डसँग सीमा विवाद छ । कम्बोडियाले २००८ मा ११औं शताब्दी पुरानो युनेस्को सम्पदा सूचीलाई विवादित भूमिमा उल्लेख गर्न खोज्यो । त्यसपछि पटक पटक सैन्य झडप भएको छ ।

थाइल्यान्डले बिहिबार कम्बोडियामाथि हवाई हमला गरेको छ । थाई विमानहरु कम्बोडियाभित्र छिरेर आक्रमण गरे ।

कम्बोडियाको सैनिक मे महिनामा मारिएका थिए । कम्बोडियाले पछिल्लो आक्रमण गरेर क्षति पुर्याएको छ । कम्बोडियाले थाइल्यान्डबाट फलफूल, तरकारी देखि ऊर्जा र इन्टरनेट समेत प्रतिबन्ध लगाएको छ । सीमामा सैन्य उपस्थिति बढाएको छ ।

थाइल्यान्ड र कम्बोडियाबीच गतिरोध बढेसँगै त्यस क्षेत्रको आर्थिक गतिविधिमा समेत असर परेको छ । पर्यटन व्यवसाय प्रभावित भएको छ ।

प्रतिक्रिया