८ श्रावण २०८२, बुधबार | July 23, 2025

मध्यरातमा भेरी नदीमा टिपर खस्यो, ३ जनाको अवस्था अज्ञात


83
Shares

काठमाडौं,६ बुधबार । भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो ।

प्रहरीका अनुसार भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको सो टिपरमा चालकसहित ३ जना सवार रहेका थिए । उनीहरुको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया