६ श्रावण २०८२, सोमबार | July 21, 2025

विष खुवाएर साथीको हत्या गरेको आरोपमा ३ जना पक्राउ


83
Shares

काठमाडौं,५ साउन । कैलालीमा विष खुवाएर साथीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

कैलालीका प्रहरीका अनुसार धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीसँगै खाजा खान गएका ३ जना साथीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लोकेन्द्र रावल, सुनिल रावल र वीरेन्द्र हमाल छन् ।
उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी परिवारले जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी जानकी गाउँपालिका–४ मा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । पन्तको शनिबार दिउँसो खाजा खाएपछि मृत्यु भएको थियो ।

प्रतिक्रिया