एनभिएको एनआइएमबी बैंकबिरुद्धको संर्घष समितिले पायो पुर्णता

काटमाडौं,३ साउन । नेपालका व्यवसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)को नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्धको संर्घष समितिले पुर्णता पाएको छ । शुक्रबार बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष ई. दिनेश कुमार पाठकको संयोजकत्वमा नव गठित संघर्ष समितिलाई पुर्णता दिएको हो ।
संयोजकमा पाठकसहित समितिको सदस्यहरुमा सम्पुर्ण केन्द्रीय उपाध्यक्षहरु,महासचिव, सचिव, कोषाध्यक्ष रहेका छन् भने एनभिएका सम्पुर्ण केन्द्रीय सदस्य,प्रदेश अध्यक्षहरु र सबै च्याप्टरका अध्यक्षहरुलाई संर्घष समितिको सदस्य तोकिएको छ । आवश्यकता अनुसार उपसमितिहरु, संयोजकहरु सँग पनि छलफल गरी समिति पुनःगठन गर्ने एनभिएले जनाएको छ ।
विभिन्न बैंक वित्तिय संस्थाहरुले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिइरहेको अवस्थामा पछिल्लो समय एनआइएमबी बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको, अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको, ३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनको घोषणा गर्नु परेको एनभिएले जनाएको छ ।
एनभिएले अहिलेको विषम परिस्थितिमा जग्गाको मुल्य घटेको थाहा हुँदाहुँदै पनि मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दबाब दिएको, एनभिएले लागु गरेको नीति कार्यान्वयनमा कुनै हालतमा पनि कार्यान्वयन नगर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको, एनभिएले लिने गरेको फि कै कारणले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई भेदभाव गरेको जस्ता कारणले गर्दा सो बैंक बिरुद्ध आन्दोलन गर्न बाध्य भएको समेत बताएको छ ।
एनभिएले मुल्यांकन पेशामा देखिएका समस्या,चुनौती र समाधानका विषयमा बुधबार बृहत छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलको क्रममा बहुमत सदस्यहरुले एनआईएमबी बैंकले मुल्यांकनकर्ता इन्जिनियहरुलाई अनावश्यक दुख हैरानी दिइरहेको भन्दै आन्दोलन अगाडी बढाउन सुझाव दिएका थिए ।