२ श्रावण २०८२, बिहिबार | July 18, 2025

भारतभर बोइङ विमानको तेलको स्वीचको चेकजाँच आदेश


913
Shares

एजेन्सी, १ साउन । भारतभरका बोइङ विमानको तेलको स्वीचको चेकजाँचको आदेश दिइएको छ । भारतको नागरिक उड्डयन नियमन निकायले यस्तो आदेश दिएको हो ।

जुन महिनामा भएको एयर इन्डियाको विमान र्दुघटनाको सम्बन्ध स्वीच बन्द हुनु रहेको प्रारम्भिक तथ्य सार्वजनिक भएसँगै आदेश आएको हो । उक्त र्दुघटना अघि पाइलटहरुबीच तेलको स्वीच बन्द गरिएको विषयमा कुराकानी भएको सार्वजनिक भएको छ ।

पाइलटले जानेर वा विमानमा समस्या भएर तेलको स्वीच अफ भएको हो भन्ने स्पष्ट भएको छैन । तर, मानवीय त्रुटी देखाइएकोमा भारतभरका पाइलटले प्रश्न उठाएका छन् । बोइङकै समस्याबारे पनि आशंका गरिएको छ ।

२४२ जना यात्रु र चालक दलका सदस्यसहित गुजरातको अहमदावादबाट बेलायतको लन्डनका लागि उडेको विमान उडेको केही मिनेटमै खसेको थियो । घटनामा एकजना यात्रु मात्र बाँचेका थिए ।

प्रतिक्रिया