१ श्रावण २०८२, बुधबार | July 17, 2025

इजरायलद्वारा सिरियाको सैन्य मुख्यालमा भीषण हमला


1.5k
Shares

एजेन्सी, ३२ असार । इजरायलले सिरियामा भीषण हमला गरेको छ । बुधबार सिरियाको राष्ट्रपति भवन, सैन्य मुख्यालय देखि रक्षा मन्त्रालयमा समेत आक्रमण गरेको छ ।

इजरायली आक्रमणबाट के कति क्षति भएको खुलेको छैन । तर, उसले सिरियाका प्रभावशाली अधिकारीहरुलाई तारो बनाएको चर्चा छ ।

सिरियामा सत्ता परिवर्तनपछि इजरायलले अहिलेसम्मकै खतरनाक हमला गरेको हो । यसअघि इजरायलले इरानसँग युद्ध गरेको थियो । युद्धमा इरानतर्फ ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया