३१ असार २०८२, मंगलबार | July 16, 2025

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त


249
Shares

काठमाडौं, ३१ असार । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएलगत्तै न्यौपाने नियुक्त भएकी हुन् । तनहुँकी न्यौपाने एमालेभित्र ओलीको विश्वासपात्र मानिन्छिन् ।

प्रतिक्रिया