२९ असार २०८२, आइतबार | July 13, 2025

भानु जयन्ती मनाइँदै


249
Shares

काठमाडौं, २९ असार । आज भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती देशभित्र र बाहिर मनाइँदैछ ।

भानुभक्तले रामायणको नेपाली भाषामा भावानुवाद गरेका थिए । उनले लेखेको रामायण नेपालीमाझ लोकप्रीय मात्र छैन घर घरमा अझै पाठ गरिन्छ ।

भानुभक्तलाई भाषा, साहित्य र संस्कृतिमार्फत् नेपालललाई एकीकरण गर्ने महामानवका रुपमा चिनिन्छ । वि.सं. १८७१ असार २९ मा तनहुँको चुँदीरम्द्दामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीतालगायत कृति दिएका छन् ।

भानु जयन्ती भारत, बर्मा, भुटान, थाइल्यान्डलगायत देशमा पनि मनाइन्छ । विश्वका जुनसुकै कुनामा रहेका नेपाली भाषीहरु माझ भानुभक्त लोकप्रीय र सदास्मरणीय छन् ।

प्रतिक्रिया