२८ असार २०८२, शनिबार | July 12, 2025

सनवे कलेजका विद्यार्थीले एआई परियोजनाहरू प्रदर्शन गर्ने


249
Shares

काठमाडौँ – युवा आविष्कारकहरूले विकसित गरेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नवीनतम परियोजनाहरू प्रदर्शन गर्न सनवे कलेजले ‘सनवे इनोभेसन फेट २०२५’ आयोजना गर्ने भएको छ।

कलेजको BSc (Hons) Computer Science with Artificial Intelligenc कार्यक्रमका प्रथम वर्षका विद्यार्थीहरूले ‘Innovate. Integrate. Inspire.’ भन्ने नाराका साथ यो फेटको आयोजना गर्दैछन्।

यस कार्यक्रमले विद्यार्थीहरूले वास्तविक विश्वका समस्याहरू समाधान गर्न एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा गरेका कार्यहरू देखाउनेछ। स्मार्ट जीवन, दिगो कृषि, उन्नत वित्तीय प्रविधि र स्वास्थ्य तथा कल्याण जस्ता विभिन्न क्षेत्रमा तयार पारिएका परियोजनाहरू यसमा समावेश गरिनेछन्।

मुख्य जानकारी:

आयोजक सनवे कलेजका विद्यार्थीहरू

मिति : २०८२ असार २८ गते, शनिबार (१२ जुलाई २०२५)

समय: बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म

स्थान: सनवे कलेज, मैतीदेवी, काठमाडौँ

कार्यक्रममा सहभागी हुन चाहने जो कोहीलाई स्वागत छ। यसले आगन्तुकहरूलाई विद्यार्थीहरूसँग सीधा संवाद गर्ने, उनीहरूका सिर्जनाहरू हेर्ने र एआईको व्यावहारिक अनुप्रयोगहरू बुझ्ने अवसर प्रदान गर्नेछ । Health & Wellness AI, Smart Living & Sustainability, Education & Learning Technology, Financial & Business Innovations, Human Resources & Career Development, Agriculture Technology, Public Services & Information, Legal & Cybersecurity AI, Sports Technology, Language & Advanced AI Research लगायतका परियोजनाहरू विशेष आकर्षणका रूपमा रहनेछन् । लगायतका परियोजनाहरू विशेष आकर्षणका रूपमा रहनेछन्।

यो कार्यक्रम युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र एआई तथा डेटा साइन्सका क्षेत्रमा भविष्यका पेशेवरहरूसँग जोडिने महत्वपूर्ण अवसर हो।

प्रतिक्रिया