प्रहरीले खोजिरहँदा ‘मधेश अलग राष्ट्र बन्छ’ भनेका अशोक यादव विहारमा भेटिएपछि… (भिडियोसहित)

काठमाडौं, २४ असार । नेपाल प्रहरीको खोजीको सूचीमा रहेका छन् अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता अशोक यादव । उनको सर्लाहीका तत्कालीन एसपी योगेन्द्र खड्कासँग फोनमा अपशब्द बोलेर गाली गरेको भाइरल छ । प्रहरीको खोजीमा परेपछि यादव सीमापारी भारततर्फ पुगे । उनले भिडियामार्फत् फेरि विवादास्पद अभिव्यक्ति दिएर मधेश अलग राष्ट्र बन्ने अभिव्यक्ति दिए ।
पूर्व सांसद अशोक यादवलाई पत्रकार मनोज मानवले विहारमा भेटेका छन् । दरभंगामा पुगेर मानवले अन्तवार्ता लिएका छन् । उनले मधेश अलग राष्ट्र बन्छ भन्ने अभिव्यक्ति आवेगमा मात्र आएको भन्दै गल्ती सच्याएका छन् ।
आफू देश अलग हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए । आफू सधै जय नेपाल भनेर यहाँसम्म आएको बताए । उनले भने, ‘मलाई देशप्रति माया छ ।’ आफूहरु किन आक्रोशित र आवेगमा आउने गरेको राज्यले बुझिदिनुपर्ने उनले बताए ।