वीरेन्द्र सिंहको अवैध क्रसरको विरोधी तह लगाउन इन्स्पेक्टर दिवाकर गणेशले के सम्म गरे

सर्लाही, २२ असार । बरहथवा ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिवाकर गणेशले राजनीतिक प्रतिशोध साँध्ने गिरोहको प्रभावमा परेर धरपकडहरु गरेको विषय चासोमा परेको छ । सत्तारुढ नेपाली काँग्रेसका मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंहका दाई तथा सर्लाही जिल्ला काँग्रेस सभापति सुरेन्द्र सिंहको इशारामा यस्ता गतिविधिमा सक्रिय भएको त्यस क्षेत्रका जनतामाझ चर्चा छ अहिले ।
सुरेन्द्र सिंहले आफ्ना विरोधी तह लगाउने गरी दिवाकर गणेशलाई प्रभावित पारेको भन्दै आक्रोश बढेको छ । सिंहका विरोधी कतिपय निर्दोष व्यक्तिहरुलाई झुटा अभियोग लगाएर धरपकड चलाइएको छ । जसमध्ये गतसाता मात्रै गाउँ को झगडा मिलाउन पुगेका बरहथवा ३ का लाखेन्द्र महतोको पक्राउ पनि हो ।
गणेशले सुरेन्द्र सिंहलाई खुशी पार्न यस्तो शैली अपनाउन थालेको पीडितहरुले बताए छन् । उनी प्रहरीभन्दा वीरेन्द्र सिंहको मान्छे बनेर प्रस्तुत भइरहेको उनीहरुको आरोप छ । सिंहलाई खुशी पार्न लाखेन्द्रलाई पक्राउ गरियो । पक्राऊका क्रममा झडप भएको थियो ।
केही वर्ष अघि काँग्रेस मुख्यालय सानेपामा जिल्ला सभापतिको बिषयलाई लिएर झगडा पर्दा मधेश प्रदेश का कांग्रेस उप सभापति एवम् पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह र लखिन्द्र महतो बीच ठुलो भनाभन भएको भिडियो भाइरल भएको थियो । त्यो घटनापछि वीरेन्द्र सिंहले कुनैपनि बेला बदला लिने धम्की दिएका थिए ।
बदला लिनकै लागि उनले दिवाकर गणेशलाई लगाएको बुझिएको छ । लखिन्द्र महतो ज्यान मार्ने उद्दोगमा थुनामा परेका छन् ।
दुई महिना अघि बसबरिया स्थित वीरेन्द्र सिंह को दाई नरेन्द्र सिंहद्वारा संचालित अबैध क्रसरको सनसनीपूर्ण सूचना दिएको भन्दै केही व्यक्तिहरुमाथि प्रतिशोध साँधिएको छ । त्यतिबेला पत्रकार मनोज मानवलाई सूचना दिएको भन्दै दिपेश यादव,राम अधार राय, मदन शाह, राम प्रवेश यादब, विजय गुप्ता ,ज्ञानी यादवलगायतलाई धम्की आएको थियो । उनीहरुलाई योजनावद्ध तरिकाले वीरेन्द्र सिंहकै इशारामा डाँका मुद्दा लगाइएको छ । मुद्दा लगाइएका उनीहरु धरौटीमा रिहा भएका छन् ।
पत्रकार मनोज मानब संगै क्रसरमा प्रवेश गरेका उनीहरुले गरेको डकैतीबारे कुनै प्रमाण भेटिएको छैन । दिवाकरण गणेशले योजनावद्ध तरिकाले उनीहरुलाई प्रहरी खोरमा हाल्न यो सबै कदम चालेको आरोप छ ।
अवैध क्रसर चलाउनेलाई संरक्षण दिने र त्यसको विरोध गर्नेलाई खोरमा हाल्ने इन्स्पेक्टर दिवाकर गणेशको कार्यशैलीले बरहथवा क्षेत्रमा त्रास फैलिएको छ । यसबारे इन्स्पेक्टर दिवाकर गणेशसँग बुझ्दा आफू इलाका प्रहरी कार्यालय बरहथवाको इञ्चार्ज नभएको बताए । उनले क्रसरमा मानिसहरु छिरेर असुरक्षा बढाएको भनेपछि आफूहरु पुगेको बताए । आफूले कसैको प्रभावमा परेर नभई कानून अनुसार शान्तिसुरक्षा कायम गर्न कर्तव्य पालना गरेको उनको दाबी छ ।
तर, अवैध क्रसरको विरोध गर्ने निर्दोषहरुलाई डकैतीको मुद्दामा फसाउन मुचुल्का उठाउने इन्स्पेक्टर दिवाकर गणेश नै थिए । उक्त अवैध क्रसरको रिर्पोटिङ गरेका पत्रकार मनोज मानबले जनतालाई अवैध क्रसरबारे सूसुचित गराउँदा त्यसमा सहयोग दिनेहरुलाई त्रसित बनाउन डाकाँ अभियोगमा पक्राऊ गर्नेसम्मका गतिविधि भए ।
सर्लाहीमा मात्र नभई मधेश प्रदेशमै वीरेन्द्र सिंहले कतिपय भ्रष्ट प्रहरीलाई दुरुपयोग गरी डर त्रास फैलाइरहेका छन् । यसले प्रहरीप्रतिको दृष्टिकोण झन् नकारात्मक हुने खतरा बढेको छ ।