१२ श्रावण २०८२, आइतबार | July 27, 2025

देउवालाई प्रधानमन्त्री बन्न शेखरको आग्रह


0
Shares

काठमाडौं,२१ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिन सुझाएका छन् । पूर्वसभापति स्व। गिरीजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जयनेपाल फाउण्डेशनले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा नेता कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने भन्दै त्यसका लागि सभापति नै प्रधानमन्त्री बन्न उनले आग्रह गरे । विगत भएका राजनीतिक परिवर्तन इतिहास हेर्दा कांग्रेसकै नेतृत्वमा सम्भव भएको कार्यक्रममा संगै बसेका देउपवालाई स्मरण गराए ।

 

‘२०४६ सालको राजनीतिक परिवर्तन, २०६२÷०६३ को जनआन्दोलन र त्यसपछि प्राप्त भएका संघीय लोकतान्त्रीक गणनतन्त्र, हरेकजसो निर्वाचनहरू र संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले नै गरेको थियो’, उनले भने ‘अहिले पनि हामी सरकारमा छौं । तर, हाम्रो नेतृत्व छैन । देशका रोजगारी सृजना गर्नु छ, संविधान संशोधनका विषयहरू छन्, कृषिलाई आधुनिकीकरण मार्फत समृद्ध मुलुक बनाउने जिम्मा नेपाली कांग्रेसकै भएकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन भयो भने मात्रै यो सम्भव छ ।’

कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस सभापति देउवाले कोइरालाको सुझावलाई खासै चासो दिएनन् । तर उनले नेपाल सबै भुगोल समुदाय र जातजातीको भएकाले सबै अट्ने संविधान निर्माणमा कांग्रेसले नेतृत्व लिएको बताए । सााथै वर्तमान संघीय लोकतान्त्रीक व्यवस्था ल्याउनका लागी स्व। गिरीजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो भूमिका उनको दाबी छ ।

‘गिरीजाप्रसाद कोइरालाको नेतृत्वदायि भूमिकाकै कारण संघीग लोकतान्त्रीक गणतन्त्र आएको हो’, उनले भने ‘सुशिल कोइरालाको नेतृत्वमा सुमावेशी संविधान ल्याउन कांग्रेस सफल भएको हो ।’ तर, यो संविधानले कसैको पनि बहुमत नआउने भएको हुँदा राजनीतिक दलहरू मिलेर चुनाव लड्नुपर्ने अवस्था सृजना भएको सभापति देउवाले बताए ।

प्रतिक्रिया