रविन्द्रलाई दुई तारेसहित उपत्यका पृतनाको कमाण्ड

काठमाडौं, २० असार । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन् । शुक्रबार जँगी अड्डामा खत्रीलाई दज्र्यान्ही चिन्ह लगाइदिएका हुन् ।
खत्रीले उपत्यका पृतनापतिको कमाण्डको जिम्मेवारी पाएका छन् । सेनाभित्र उपत्यका पृतनालाई महत्वपूर्ण मानिन्छ ।
भक्तपुर तर्खागालका स्थायी बासिन्दा रविन्द्र खत्रीले यसअघि सेनाको महत्वपूर्ण कमाण्डहरु सम्हालिसकेका छन् ।
भक्तपुरकै राजाराम बस्नेत सेनाका प्रवक्ता छन् । उनले पनि गत महिना मात्र उक्त जिम्मेवारी प्राप्त गरेका थिए ।