१९ असार २०८२, बिहिबार | July 3, 2025

प्रधानन्यायाधीश राउत अल्पमतमा परेपछि ५२ संवैधानिक निकायको नियुक्ति सदर


996
Shares

काठमाडौं, १९ असार । संवैधानिक आयोगका ५२ जनाको नियुक्तिमा परेका रिट खारेजको फैसला भएको छ । गएराति सर्वोच्चको संवैधानिक इजलाशले पहिलोपटक नियुक्त ३२ जनाबारे परेको रिट बहुमतले खारेजको फैसला भयो भने दोस्रोपटक नियुक्त २० जनामाथि परेको रिट सर्वसम्मतले खारेज भयो ।

झण्डै चार वर्षपछि नियुक्तिबारे परेको रिटमाथि सुनुवाई भई फैसला आएको हो । इजलाशमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदी पहिलोपटक नियुक्त ३२ जनामाथि परेको रिटको पक्षमा उभिए । न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोज शर्मा र कुमार चुँडाल खारेजको पक्षमा उभिएपछि बहुमतले नियुक्तिको पक्षमा फैसला आयो । योसँगै ५२ जनाको पद जोगिएको छ ।

दुई चरणमा ५२ जनाको संवैधानिक आयोगमा नियुक्ति भएको थियो । पहिलो चरणमा ३२ र दोस्रोमा २० जनाको भएको थियो ।

पहिलो लटमा २०७७ मंसिर ३ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ३२ जनाको नियुक्तिको सिफारिश गरिएको थियो ।

दोस्रोपटक २१ वैशाख २०७८ मा अध्यादेश ल्याई २६ वैशाखमा २० सवैधानिक आयोगका पदाधिकारी सिफारिश गरिएको थियो ।

प्रतिक्रिया