कर्णाली विकास बैंक घोटाला गर्नेहरु धमाधम पक्राऊ, बचत फिर्ता कहिले ?

काठमाडौं, १८ असार । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआइबीले छानबिनलाई गति दिएको छ । घोटाला प्रकरणमा अनुसन्धानका लागि आरोपीहरु पक्राउ पर्न थालेका छन् ।
बैंकका पूर्वअध्यक्ष पशुपति दलाय मिश्रलाई सीआइबीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पक्राउ परेका मिश्र २०६६ देखि २०७५ सम्म अध्यक्ष थिए ।
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित छ । बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिएको छ । बैंकले ११ असारबाट निक्षेप भुक्तानी स्थगत गरेको सूचना जारी गरिसकेको छ । २० असारसम्मका लागि निक्षेप भुक्तानी स्थगन गरिएको भनिएको छ । तर, समय लम्बाउन सक्ने बुझिएको छ ।