१४ असार २०८२, शनिबार | June 29, 2025

एनभिए मधेश प्रदेशको एकदिने अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न


332
Shares

धनुषा, १४ असार । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) मधेश प्रदेशले मुल्यांकन पेशामा देखिएका समस्या समाधानका लागि एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

मुल्यांकन पेशामा देखिएका वर्तमान समस्या समाधान तथा मुल्यांकन कर्ताहरुको ज्ञान आदानप्रदानको उद्देश्यले धनुषास्थित एक होटलमा आज (शनिबार) सो कार्यक्रम आयोजना गरिएको हो ।

एनभिए मधेश प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एनभिएका केन्द्रीय अध्यक्ष ई.सन्जयकुमार महतो थिए । विशेष अतिथिमा एनभिए कोशी प्रदेशका अध्यक्ष ई. आमोदराज आचार्य थिए ।

एक दिने कार्यशाला गोष्ठिको मुख्य प्रशिक्षक उपाध्यक्ष ई. दिनेशकुमार पाठक थिए । मधेस प्रदेशका सचिव ई. अरुण कुमार यादवले कार्यक्रमको सञ्चालन गरेका थिए ।  मधेश प्रदेश एनभिएका अध्यक्ष ई.मुन्ना कुमार सराफको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न मुंल्याकन कर्ता,परामर्श संस्थाका सदस्यसहित ५० जना भन्दा बढी सदस्यहरुलाई प्रशिक्षण दिइएको एनभिएका केन्द्रीय सचिव ई. रबिन्द्र अधिकारीले बताए ।

 

प्रतिक्रिया