एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं, १३ असार । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । यस वर्ष नतिजा सार्वजनिक भए अनुसार ग्रेडेड प्रतिशतमा उल्लेख्य वृद्धि भएको छ । २०८१ मा लिइएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशन भएको छ जसमा ६१.८१ प्रतिशत ग्रेडेड छन् ।
गत वर्ष ४८ प्रतिशत उत्तीर्ण अर्थात् ग्रेडेड थिए । अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले ग्रेडेडको संख्यामा वृद्धि भएको छ ।
जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या ४८ हजार १ सय ७७ छ ।-File Photo