१२ असार २०८२, बिहिबार | June 27, 2025

जँगी अड्डामा किन पुगे प्रधान न्यायाधीश राउत


996
Shares

काठमाडौं, १२ असार । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बिहिबार जँगी अड्डा पुगे । उनलाई प्रधानसेनापति अशोक राज सिग्देलले स्वागत गरेका थिए ।

सेनाले यसलाई सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भनेको छ । उनले सैनिक विशेष अदालतबाट हुने गतिविधिबारे जानकारी लिनुका साथै सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन पनि दिए । राउतसँग उच्च अदालत पाटनका मुख्य न्यायाधीश लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्चका रजिष्ट्रार विमल पौडेललगायत पनि थिए ।

सेनाले बिहिबार साँझ नै ककटेलसहितको भोज पनि आयोजना गरेको छ । भोजमा सर्वोच्चका न्यायाधीशहरुलाई बोलाइएको थियो ।

प्रतिक्रिया