१० असार २०८२, मंगलबार | June 25, 2025

नेपाल-भारत सुरक्षा बैठक


332
Shares

काठमाडौं, १० असार । नेपाल र भारतबीच सुरक्षा बैठक भएको छ । सुरक्षा विषय सम्बन्धी भारत नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक भारतको पुणेमा सम्पन्न भएको हो ।

सुरक्षा बैठकमा नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने सहसचिव गेहेन्द्र राजभण्डारीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको विदेश मन्त्रालयको उत्तर मामला हेर्ने अतिरिक्त सचिव मुनु महावरले गरेका थिए ।

प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयहरूका पदाधिकारीहरू सहभागी थिए ।
बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू जस्तै उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरे । यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रुपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरे ।

२०६० मा स्थापित आईएनबिसिजिएसआई  नेपाल र भारत बीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।

प्रतिक्रिया