१० असार २०८२, मंगलबार | June 24, 2025

‘इजरायल र इरान युद्धविराम गर्न सहमत’


1.4k
Shares

एजेन्सी, १० असार । इजरायल र इरान युद्धविराम गर्न सहमत भएका छन् । १२ दिन लामो युद्धपछि दुवै देश युद्धविरामका लागि तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

इरानको परमाणु केन्द्रहरुमा अमेरिकाले समेत आक्रमण गरेपछि स्थिति भयावह बनेको थियो । इरानले रुससँग सहयोग मागेको थियो । त्यसको केही घन्टामै अमेरिकाको कतार र इराकस्थित सैन्य आधारहरुमा इरानले हमला गरेको थियो ।

सोमबार अबेर दुवै देश युद्धविरामका लागि तयार भएको ट्रम्पले जनाएपछि प्रतिक्रिया आएको छ । इजरायलले हमला नगरे आफूले युद्धविराम पालना गर्ने इरानले जनाएको छ ।

प्रतिक्रिया