३ असार २०८२, मंगलबार | June 17, 2025

धनराज जोडिएको मितेरी सहकारीका ज्योति भण्डारी पक्राउ, ज्योति गुरुङ कहिले पक्राउ पर्लिन् ?


747
Shares

काठमाडौं, ३ असार । नेपाली काँग्रृसका उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राऊ परेका छन् । उनलाई इन्टरपोलको माध्यमबाट कम्बोडियामा पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।

ज्योति भण्डारीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिश जारी गरेर पक्राउ गरेको हो । मितेर सहकारी ठगी प्रकरणमा जोडिएकी धनराज गुरुङ पत्नी ज्योति गुरुङ अमेरिकामा लुकेकी छिन् । उनीबारे नेपाली पेनले तथ्यसहित खबर प्रकाशित गरेको थियो ।

मितेरी सहकारी ठगीमा ज्योति गुरुङ जोडिएपछि धनराजले कागजी रुपमा पारपाचुके गरेका थिए । तर, उनी अमेरिका गएर पत्नीसँग भेट्ने गरेको प्रमाणसहित खबर नेपाली पेनले प्रकाशित गरेको थियो ।

ज्योति भण्डारी पक्राउ परेपनि ज्योति गुरुङलाई पक्राउ गर्नबाट रोक्ने खेलहरु हुँदै आएको छ । उनी पक्राउ परेमा मितेरी सहकारी प्रकरणका धेरै तथ्यहरु खुल्ने निश्चित छ । सहकारीको रकम अपचलनमा ज्योति गुरुङ संलग्न छिन् ।

धनराज दम्पत्तिबाट नेपालमा सहकारी ठगी अमेरिकामा क्यासिनो रिसोर्ट

प्रतिक्रिया