विश्वबजारमा सुनको मूल्यमा भारी वृद्धि, नेपालमा कति पुग्ला ?

एजेन्सी, ३१ जेठ । विश्व बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । एकै दिन प्रति ओन्स ७० डलरले वृद्धि भएको छ । यसको असर विश्व अर्थतन्त्रमा परिसकेको छ ।
इजरायलले इरानमाथि हमला गरेलगत्तै तेल र सुनको मूल्य वृद्धि भएको हो । सुनको मूल्य प्रति ओन्स ३५ सय डलर छ । सुनको मूल्य अझ बढ्ने आँकलन गरिएको छ ।
नेपाली बजारमा पनि सुनको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । आइतबार बजारमा सुनको मूल्य कति पुग्ला चासो पुगेको छ । एक लाख ९० हजार प्रतितोला नाघिसकेको सुन चाँडै प्रतितोला २ लाख पुग्ने परिस्थिति बनेको छ ।