३२ जेष्ठ २०८२, शनिबार | June 15, 2025

इरान-इजरायल युद्धले तेल र सुनको मूल्यवृद्धि, क कस्लाई फाइदा


2.6k
Shares

एजेन्सी, ३१ जेठ । इजरायल र इरानबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्र प्रभावित भइसकेको छ । अमेरिकाले इरानलाई परमाणु सम्झौताका लागि दबाब दिइरहँदा इजरायलले खतरनाक हमला गरेको हो । हमलामा इरानका सैनिक प्रमुख र शक्तिशाली जर्नेलहरु मारिएका छन् ।

इरानले पनि इजरायलमाथि हमला गरेको छ । दुवै देशबीच घमासान युद्धको खतरा बढेको छ । इरानमाथि हमला गरेकोमा रुस र चीनले इजरायलको निन्दा गरेका छन् । अमेरिका भने इजरायलको समर्थनमा देखिएको छ ।

दुई देशबीचको युद्धले तेलको मूल्य बढेको छ । सन् २०२२ यता एकै दिन कच्चा तेलको मूल्यवृद्धिले किर्तिमान कायम गरेको छ । यसले विश्व अर्थतन्त्रमा प्रभाव पर्ने निश्चित छ ।

सुनको मूल्यमा पनि भारी वृद्धि भएको छ । विश्वबजारमा सुनको मूल्य प्रति अन्स ३ हजार ५ सय डलर पुगेको छ । एकै दिन प्रति अन्स ७० डलरले बढेको छ ।

तेल र सुनको मूल्यवृद्धिले उत्पादक देशहरुलाई लाभ पुगेको छ । अमेरिका र रुसलाई सबैभन्दा फाइदा पुग्ने देखिएको छ । चीन र भारत जस्ता तेल बढी आयात गर्ने देशलाई नोक्शान पर्ने देखिएको छ । सुनको मूल्यवृद्धिले यसका उत्पादक देश र सुन बढी जम्मा गर्ने खानीमा प्रभाव जमाएका शक्तिशाली देशहरु अमेरिका, रुस, चीन, दक्षिण अफ्रिका जस्ता देशहरुलाई लाभ पुग्ने देखिएको छ ।

प्रतिक्रिया