३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

नेपाल शेर्पा संघको सातौं महाधिवेशनः अवसर, चुनौती र आवश्यक सुधार


415
Shares

 नेपाल शेर्पा संघको असार १ र २ गते हुने सातौं महाधिवेशन अवसर, चुनौती र आवश्यक सुधार

आङछिरी शेर्पा । नेपालको हिमाली भूगोलमा जीवन यापन गर्दै आएका शेर्पा समुदायले विशिष्ट सांस्कृतिक, धार्मिक र सामाजिक परिचय बोकेको छ । २०७८ को जनगणनाअनुसार करिब डेढ लाख मात्र जनसङ्ख्या रहेको भनेर तथ्याङ्कमा भएपनि करिब पाँच लाखको संख्यामा रहेको समुदायको दावी रहेको छ। साहस, इमान्दारिता र श्रमशीलताका प्रतिक मानिने शेर्पाहरूले नेपालको पर्यटन, हिमाल आरोहण, जडीबुटी संकलन, पशुपालन, निर्माण व्यवसाय ,संस्कृति, र धार्मिक जगतमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

यिनै साझा पहिचान, सामुदायिक हितरक्षा र सामाजिक सशक्तीकरणका लागि विगतको राजनीतिक अवस्थाले जातीय संस्थाहरू दर्ता गर्न नसकिने अवस्थामा भएर पनि ुसगरमाथा समाजु नामबाट शेर्पा समूहहरूलाई संगठित गर्दै गतिविधि गरिरहेको अवस्थामा, राज्यको व्यवस्था परिवर्तन र राजनीतिक परिवर्तन पछि २०४८ सालमा नेपाल शेर्पा संघको नाममा विधिवत रूपमा दर्ता भई समाजको परिवर्तन र समुदायको हकहितको निम्ति सक्रिय भइरहेको हामीले पाउन सक्छौँ। हाम्रो अग्रजहरूले समय अनुकूल नहुँदाखेरिको अवस्थामा पनि आफ्नो अमूल्य समय आफ्नो अमूल्य धन, मन दिएर यहाँसम्म ल्याएको सङ्घलाई पछिल्लो समय यो संस्था शेर्पा समुदायको अग्रणी प्रतिनिधिमूलक संस्था बनेको छ। सामूहिक नेतृत्व, सांस्कृतिक संरक्षण र सामाजिक समावेशीतामा केन्द्रित यो संस्थाले सुरुवाती दिनमा देखाएको प्रेरणादायी प्रयास अहिले भने संकटको घेरामा छ। संरचनात्मक जटिलता, नेतृत्वको दिशाहीनता, वैचारिक अस्पष्टता, र युवाको न्यून सहभागिताले यस संस्थाको प्रभावकारिता कमजोर बनाउँदै लगेको देखिन्छ।

नेतृत्वको अभ्यास र समस्याको जड

मैले २०६२ सालदेखि समाज परिवर्तनको निम्ति ,समुदायको हकहितको निम्ति सक्रिय भूमिका खेल्दै आएको छु। २०७६ सालदेखि वाग्मती प्रदेश अध्यक्षको जिम्मेवारी सम्हाल्दै राज्य नै संघीयताको अभ्यास गरिरहेको अवस्थामा हाम्रो शेर्पा सङ्घ जस्तो एउटा जातीय संस्थालाई विकेन्द्रित अर्थात् संघीयताको पक्षधार शेर्पा समुदाय नै केन्द्रीयताको अभ्यास गरिरहेको ,राज्य पुनःसंरचनापछि हाम्रा संघलाई पनि संघीयता अनुसारकै संरचना लैजानको निम्ति नयाँ अभ्यासको रुपमा हामीले समितिहरु तल्लो तहसम्म भएको अनुभूति कहिले पनि गर्न नसकिरहेको अवस्थामा संघको सांगठनिक विस्तार, शेर्पाहरूलाई गोलबन्द गर्ने ,शेर्पाहरूको चेतनको स्तर वृद्धि गर्ने अलि नयाँ कार्यक्रमहरु हामीले शेर्पा समुदायमा प्रस्तुत गरेको प्रशस्त प्रयास भएको देख्न सक्छौं १ —संघको वर्तमान अवस्था परिवर्तनको माग गर्दैछ। तीन तहमा भएको सरकार र त्यहाँ हाम्रो प्रभाव अर्थात प्रतिनिधित्वमा खेल्नु पर्ने सकारत्मक पहल भन्दा केन्द्रियता मै रमाईरहेको र तल्लो समितिहरुलाई महाधिवेशनमा प्रतिनिधि छान्ने प्रयोजनको निम्ति अर्थात महाधिवेशन देखि महाधिवेशनको रुपमा मात्र हेरेको देख्न सक्छौं १ केन्द्रमै सीमित भएको संरचना तल्लो तह खासगरी स्थानीय र प्रदेश समितिमा कुनै पनि मापदण्ड बिना प्रतिनिधि बन्न पाउने समितिमा बस्न पाउने तर केन्द्रीय समितिको उम्मेदवार हुन मात्र मापदण्ड निर्माण गर्नाले पनि सङ्घ कुन हिसाबमा अगाडि बढेको छ १ भनेर हामीले विचार गर्न सक्छौं।स्थानीय तहमा अधिकारको अभाव, आर्थिक र नीतिगत आत्मनिर्भरता कमजोर हुनु, विधान भन्दा अत्यधिक मात्रामा केन्द्रीय समिति, पदाधिकारीहरू हुनु ,संघको लक्ष्य र विभिन्न उद्देश्यहरू प्राप्तिको निम्ति वैचारिक रुपमा स्पष्ट नहुनु र संस्थाभित्र र प्रदेश, पालिका, वडासम्म भएको शेर्पाहरूलाई संगठित गर्ने परिचालन गर्ने र आवश्यक समन्वय नहुनु , केही समयको अग्रजहरूले यो संस्थाबाट नै नेतृत्व क्षमता अभिवृद्धि गरेपनि अत्यधिक युवाहरू अन्य ठाउँमा सिकेको कुराहरू यो संघमा प्रयोग गर्ने अभिलाषा सहित सक्रिय सक्रिय भएको हामीले देख्न सक्छौं। तर ती सक्रियतालाई सकारात्मक तरिकाले हेर्न नसक्नु पनि नितान्त कमी प्रमुख समस्या बनेका छन्।

पदको महत्व र व्यवहारिक चुनौती

संघको प्रशासनिक र रणनीतिक सञ्चालनको मेरुदण्ड मानिने मुख्य पदहरु हाल वैचारिक दिशाहीनता र कार्यशैलीको अस्पष्टतामा फसेको छ। विचारमा फरक पर्ने तल्लो समितिहरूलाई गर्ने व्यवहारहरू ,अझ दलगत रूपमा फरक विचारधारहरूलाई गरिने व्यवहारहरू, आफूलाई मालिक ठान्ने र तल्लो समितिहरूको नेतृत्वलाई दास ठान्ने प्रवृत्ति ,पछिल्ला सात वर्षमा नीति निर्माणको स्पष्ट खाका नबन्नु, आन्तरिक समन्वयमा कमजोरी देखिनु, र कार्यान्वयनमा निरन्तर ढिलाइ हुनु संस्थाको गति रोक्ने मुख्य कारण बनेका छन्। व्यक्तिगत र गुटगत स्वार्थलाई संस्थामाथि हावी गराउने प्रवृत्तिले संस्था भित्रै द्वन्द्व, असहमति र अविश्वासको वातावरण बनाएको छ। अझ सक्रिय रूपमा काम गरिरहेको अवस्थामा आफ्नो दल निकट ,आफ्नो नजिकको मान्छे लगाएर हरेक कार्यक्रम असफल बनाउन लागिपर्ने, सात वर्षमा केन्द्रीय समिति दुईपटक बस्ने, पदाधिकारी ,सचिवालय, केन्द्रीय समिति कोरम पुर्‍याउन नसक्नु केन्द्रीय समितिमा रहेका सदस्यहरूलाई परिभाषित जिम्मेवारी सात वर्षसम्म दिन नसक्नु कसको कमजोरी रहेको र एउटा संस्था चलाउनका यी कामहरु कसले गर्ने हो भन्ने कुरा प्रमुख विषय बन्न पुगेको छ।
नेपाल शेर्पा संघ कुनै एक व्यक्ति वा समूहको प्रतिष्ठाको थलो होइन। यो संस्था सम्पूर्ण शेर्पा समुदायको साझा मञ्च हो, जहाँ ज्ञान, अनुभव र सहकार्यको आधारमा सहमति निर्माण गर्नुपर्छ। पदहरू शक्ति प्रदर्शनको केन्द्र बने भने, संस्थाको उद्देश्य मेटिन्छ र समुदायको भरोसा टुट्छ।

महाधिवेशनस् परिवर्तनको संवाहक या औपचारिकतारु

शेर्पा समुदायलाई जागरण ल्याउँदै अन्य समुदायहरू र राज्यलाई समेत शेर्पाहरूको अधिवेशनको प्रचार, सन्देश ,ध्यान केन्द्रित गर्न हामी सफल हुनुपर्ने थियो त्यति धेरै हुन सकिरहेको अवस्था छैन। संघको सातौँ महाधिवेशन एउटा ऐतिहासिक अवसर हो—केवल पदाधिकारी चयनको प्रक्रिया होइन। महाधिवेशन संस्थाको नीति, नेतृत्व र भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण मोड हो। तर पछिल्ला केही महाधिवेशन, अधिवेशनहरूमा देखिएको प्रवृत्ति—गुटगत प्रतिस्पर्धा, शक्ति केन्द्रित सोच, र वैचारिक अस्पष्टता—ले संस्था स्वयंको मूल्य र विश्वसनीयतालाई कमजोर पार्दै गएको छ। संकिर्ण, संकुचित मानसिकता भएकोहरूको चलखेलको केन्द्र बन्न पुगेको हामीले हेर्न सक्छौँ १ विचारहरू व्यक्त गर्ने, कमजोरीहरूको समीक्षा गर्ने ,नीति निर्माणको मूल थलो मानिने ‘बन्द सत्र’ नै मात्र नेतृत्व चुन्ने विषयमा अगाडि बढेको हामीले नजिर देख्न सक्छौं। अझै भन्नुपर्दा बन्द सत्रमा विगतको समीक्षाको सिलसिलाबद्ध रुपमा प्रस्तुत गर्दा पुरै कार्यकालभरि असहयोग अनि हेर्ने दृष्टिकोण नकारात्मक भएको समूहले, हरेक कार्यक्रमहरूमा असहयोग गर्ने झुण्डाले, बागमती प्रदेशको अधिवेशन खासगरीकन उद्घाटन सत्र भव्य भएकोमा आफूले गरेको गतिविधि कतै छायामा पर्छ कि भनेर चिन्ताको रुपमा लिएर संस्थालाई भन्दा आफ्नो राजनीतिक फाइदाको निम्ति अधिवेशन लाई कता नै कता त्रुटि देखाउँदै अप्ठ्यारोमा पार्न सफल भएको हो भन्ने आम समुदायले बुझ्न पर्दछ। हामीले गहिरो तरिकाले हेर्यो भने देख्न सक्छौं।
ुसम्पूर्ण शेर्पाहरूको चाहना, पहिचान र अधिकार सहित शेर्पालुङको स्थापनाु भन्ने मूल नारालाई विगतमा निकै भावुकताका साथ अगाडि सारिएको थियो। तर यस नारालाई संगठनात्मक अभियानको आत्मा बनाउने खालका दीर्घकालीन रणनीति र कार्यक्रम निर्माणमा केन्द्रले चासो नदिएको देखिन्छ। नाराको भावनात्मक शक्ति त छ, तर त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट कार्यदिशा भने अझै निर्माण हुन सकेको छैन। अझ यो नारालाई समुदायमा व्यापक रूपमा समुदायमा लैजाँदै सबैको अपनत्व जगाउने तरिकाले भन्दा पनि आफ्नै समुदायमा यस्ता कुरालाई विभाजित बनाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नको निम्ति केही समूह लागेको हामीले देख्न सक्छौ। यही नै वैचारिक स्पष्टताको अभाव र नेतृत्वको दिशाहीनतालाई प्रतिबिम्बित गर्छ।

युवा सहभागिता र संस्थागत चुनौती

युवाहरूमा संस्था प्रति आशा, सक्रियता र नवप्रवर्तनको आकांक्षा बलियो छ। बदलिँदो युगसँग सँगसँगै हिँड्न सक्ने क्षमता र जोश बोकेको युवा पुस्तालाई सहकार्यको माध्यम बनाउने सट्टा श्रमशक्ति वा नारा जप्ने भरियाको रूपमा हेर्ने प्रवृत्तिले संस्थाको दीर्घकालीन भविष्य अनिश्चित बनाइरहेको छ।

युवालाई नेतृत्वमा ल्याउने स्पष्ट नीति, तालिम, प्रशिक्षण र छलफलको सुदृढ कार्यक्रम, र निर्णय तहमा सहभागिता सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो। नेतृत्व हस्तान्तरणको सुनिश्चित प्रक्रिया नहुनु, अनुभवजन्य र वैचारिक मार्गदर्शनको अभाव हुनु, र निर्णय प्रक्रियामा युवाको आवाज नसुनिनु जस्ता कमजोरीले संस्था झनै पुरानो संरचना र शैलीमा कैद भइरहेको छ ।

अहिलेको नव युवाहरू केही होला आर्थिक प्रलोभन अथवा केहीसँग पैसा छ भने त्यसको पछिपछि लाग्ने हुनु सकिन्छ तर अत्यधिक युवाहरु जो आफ्नो आर्थिक रुपमा शैक्षिक रुपमा सम्पन्न छ त्यसले अहिलेको जमाना अनुसारको आफ्नो नेतृत्व कस्तो चयन गर्ने नेतृत्व मान्ने भन्ने कुराहरू निकै गम्भीर ढंगले सोच्न सक्छ भने मलाई विश्वास लाग्दछ ।

सुधारको बाटोस् सामूहिक जिम्मेवारी र नयाँ सोच

नेपाल शेर्पा संघ समुदायको गौरव हो, जुन विगतमा साहस, सहकार्य र अग्रसरताको प्रतिक बन्यो। यस संघमा प्रतिनिधित्व गर्ने केही अग्रजहरू राज्यको उपल्लो तहमा पुगेको हामीले देख्न सक्छौ। तर हाल आएर यो कुरा निकै ग्याप भएको छ । वर्तमानमा देखिएको कार्यशैली, ढिलासुस्ती, र गुटगत सोचले यसको प्रभाव घटाउँदै लगेको छ। यस्तो अवस्थामा सुधारका लागि अब सामूहिक जिम्मेवारीबोध र वैचारिक पुनरावलोकन अपरिहार्य भएको छ।

संघले अबको यात्रालाई स्पष्ट, समावेशी, उत्तरदायी र समुदायकेन्द्रित बनाउनुपर्छ। महाधिवेशनमा विचार, नीति र व्यवहारका आधारमा नेतृत्व चयन गर्नुपर्छ—न कि केवल संख्या बल, पहुँच र समीकरणको आधारमा। बन्द सत्र केवल प्रतिस्पर्धा टुंग्याउने ठाउँ होइन, नीति निर्माण गर्ने थलो बन्नुपर्छ।

संघले भूगोल, सामाजिक अवस्था र युवा आवश्यकतालाई सम्बोधन गर्दै दीर्घकालीन रणनीति बनाउनु, संस्थालाई आर्थिक, संरचनागत र कार्यदिशागत रूपमा आत्मनिर्भर बनाउनु, र पारदर्शी प्रणाली निर्माण गर्नु आवश्यक छ। साथै, शेर्पा समाजका सबै वर्ग, तह र क्षेत्रलाई समेट्ने समावेशी मञ्च निर्माण गरी सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । शेर्पा संघले विगतमा निर्वाह गरेको भूमिका गर्वको विषय हो। तर वर्तमान यथार्थले देखाइरहेको छ—अब संस्थाले फेरि एक पटक आत्मसमिक्षा गर्दै नवदृष्टिकोण अपनाउन जरुरी छ। नेतृत्वले यदि जवाफदेहिता, पारदर्शिता, सहकार्य र वैचारिक स्पष्टताको आधारमा अगाडि बढ्यो भने मात्र संस्था सशक्त, युवा(मैत्री र सामुदायिक चाहनाअनुकूल बन्न सक्छ । सम्पुर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकार सहित शेर्पालुङको स्थापनाू भन्ने मूल नाराको रुपमा अगाडी सारे पनि यसलाई महाधिनेशनको उत्साहको रुपमा नारालाई लैजानु नसक्नु आजको कमजोरी हो । सक्षम समुदाय ,सवल नेतृत्व,

सक्रिय समुदाय बनाउनको लागि संघले तय गर्ने कार्यक्रमहरू प्रभावकारी बनाउनु पर्दछ !
अबको महाधिवेशन केवल परम्पराको निरन्तरता होइन, परिवर्तनको संवाहक बन्नुपर्छ। यो अवसर हो—संघको आत्मा पुनः जागृत गर्ने, नारालाई व्यवहारमा उतार्ने र भविष्यको सपना निर्माण गर्ने सुनौलो अवसर हामी माझ आइपुगेको छ । यो महाधिवेशन शेर्पा समुदायको निम्ति एउटा नयाँ उत्साह थप्ने महाउत्सवको रुपमा नेपाल शेर्पा सङ्घ विभिन्न विचार समाजमा छरिरहेको शेर्पाको साझा संस्थाको रुपमा अगाडि बढ्ने र शेर्पा सङ्घ साझा संस्था हो १ राज्य चलाउने राज्यको मूलधारमा पुग्ने भनेको सबैले र सधैं अवसर पनि पाउँदैन। त्यस्तो अवसर पाउँदा नेपाल शेर्पा सङ्घमा सिकेको आफ्नो क्षमता प्रदर्शन गरेर राज्यको शासन गर्न जान्ने बनाउने थलोको रुपमा संघ विकास गर्दै काठमाडौँ बस्ने शेर्पाहरूको मुद्दा मात्र होइन गाउँगाउँ ,टोलटोलमा भएको शेर्पाहरूको हक हितको निम्ति नेतृत्व ,नीति ,कार्यक्रम बनाउन सक्ने ऐतिहासिक महाधिवेशन बन्न यो महाधिवेशन सफल बनाउनु सम्पूर्ण अग्रजज्यू प्रतिनिधिज्यूहरू सफल रहनेछ भन्ने विश्वास व्यक्त गर्दे महाधिवेशन साँच्चिकै महाधिवेशन महाउत्सवको रुपमा भव्य सफलताको शुभकामना पनि व्यक्त गर्दछु।
थुचिछे
(लेखक नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष हुन् )

प्रतिक्रिया