अहमदावाद विमान र्दुघटनामा एकजना जिवित

एजेन्सी, २९ जेठ । भारतको अहमदावादमा भएको विमान र्दुघटनामा एकजना जिवितै भेटिएका छन् । चालक दलका सदस्य र यात्रु गरी २४२ जना बोकेको विमान बिहिबार दुर्घटनाग्रस्त हुँदा एकजना मात्र यात्रु जिवितै उद्धार गरिएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार सिट नम्बर ११ ए मा यात्रु जिवितै भेटिएका हुन् । पुरुष यात्रुको अस्पतालमा उपचार भइरहेको अहमदावाद प्रहरीका कमिश्नर जि एस मलिकले बताएका छन् ।
घटनामा कति मानिसको मृत्यु भएको खुलाइएको छैन । चिकित्सकहरुको होस्टलमा विमान खसेकाले ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हुनसक्ने आशंका छ ।
यसैगरी एयर इन्डियाको सञ्चालक कम्पनी टाटा समूहले प्रत्येक मृतक व्यक्तिलाई एक करोड सहयोग दिने घोषणा गरेको छ । घाइतेको उपचार गर्ने र दुर्घटनामा क्षति पुगेको भवनको पुनः निर्माण गर्ने जनाएको छ ।
बोइङ ७८७ विमान अहमदावादको सरदार बल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको थियो । उडेको केही समयमै विमान खसेको थियो । २३० यात्रु रहेको विमानमा भारतका १६९, बेलायतका ५३, पोर्चुगलका ७ र एक क्यानडेली नागरिक थिए ।- एएनआई