३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

अफताब आलमविरुद्धको मुद्दा उल्टाउने न्यायाधीश खुशी प्रसादलाई कस्ले दल्यो कालो मोसो


2.8k
Shares

वीरगञ्ज, २९ जेठ । ज्युँदो मान्छेलाई ईट्टाभट्टामा हालेर हत्या गरेकोमा दोषी ठहर पूर्वमन्त्री अफताब आलमसहितको मुद्दा उल्टाएर सफाईको फैसला गर्नेमध्येका न्यायाधीश खुशी प्रसाद थारुलाई युवाहरुले कालो मोसो दलेका छन् । बिहिबार केही युवाहरु उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलाशमा छिरेर थारुलाई कालो मोसो दलेका हुन् ।

भ्रष्टाचारीलाई नछाड्ने भन्दै युवाहरुले कालो मोसो दलेका थिए । कालो मसी छ्याप्न थालेपछि थारुले बचाऊ गरेका थिए । त्यतिबेला इजलाशमा तनाव भएको थियो ।
युवाहरुले नेकपा बहुमत जीन्दावादको नारा समेत लगाएका थिए । उनीहरुले जनताको कर खाने र जनताका विरुद्धमा फैसला गर्न पाइँदै भनेका थिए । इजलाशमै कालो मोसो दलेपछि त्यहाँ प्रहरी बोलाउन लगाइएको थियो । युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अफताब, उनका भाई मेहताबसहित चारजनालाई निर्दोष ठहर गरेपछि न्यायाधीशहरु खुशी प्रसाद थारु र अर्जुन महर्जन सर्वत्र आलोचित छन् । उनीहरुमाथि न्यायपरिषदमा कारबाहीको सिफारिश समेत भएको छ ।

प्रतिक्रिया