३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

जनकपुरधाममा राष्ट्रिय आचार्य प्रशिक्षण वर्ग


166
Shares

जनकपुरधाम, २९ जेठ । पशुपति शिक्षा प्रसार समिति नेपालद्वारा सञ्चालित राष्ट्रिय आचार्य प्रशिक्षण वर्ग २०८२ जनकपुरधामको रत्नसागर–८ मा भव्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षामा समर्पित आचार्यहरूको ज्ञान, दक्षता र अनुशासन अभिवृद्धिका लागि आयोजित यस १० दिवसीय विशेष प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोह पवन ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा वेद प्रकाश र विशिष्ट अतिथिका रूपमा हेम चन्दको उपस्थिति रह्यो । उद्घाटन सत्रमा अतिथिहरूले संस्कारयुक्त शिक्षाको वर्तमान सन्दर्भमा महत्व, आचार्यहरूको सामाजिक भूमिका र राष्ट्रिय मूल्य प्रणालीमा यसको योगदानबारे प्रेरणादायी मन्तव्य दिएका थिए ।

हाल प्रशिक्षण कार्यक्रम उत्साहपूर्वक सञ्चालनमा रही विभिन्न विषयगत सत्रहरू, शास्त्रीय अभ्यास, समूह परिचर्चा र अध्यात्मिक साधनाको माध्यमबाट सहभागीहरूलाई बहुआयामिक रूपले सशक्त पार्ने कार्य भइरहेको छ । सहभागी प्रशिक्षार्थीहरू देशभरबाट सहभागी भएका छन्, जसले यस कार्यक्रमलाई अझ विविध र समृद्ध बनाएको छ।

प्रतिक्रिया