३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

के प्यालेष्टाइनका लागि मुस्लिम देशहरुले जमिन देलान् ?


166
Shares

एजेन्सी, २९ जेठ । अमेरिकाका लागि इजरायली राजदूत माइक हकेबीले मुस्लिम देशहरुलाई भविष्यको प्यालेस्टाइन राष्ट्रलाई जमिन उपलब्ध गराएर देखाउन चुनौती दिएर चर्चा पाए । उनले मुसलमान देशहरुसँग इजरायल अधिनस्थ भूभागभन्दा ६४४ गुणा बढी भूभाग रहेकोले केही भागमात्र दिएर देखाउन चुनौती दिए ।

विश्वमा ५० भन्दा बढी मुस्लिम देशहरु छन् । ती देशहरुमध्ये साउदी अरब, इरान, पाकिस्तान जस्ता देशसँग ठूलो भूभाग छन् । प्यालेस्टाइनलाई मुसलमान देशहरुले सघाउँदै आएका छन् ।

इजरायलले मध्यपूर्वका शक्तिशाली मुसलमान देशहरुको चुनौतीको सामना गर्दै आएको छ । संवेदनशील सामरिक महत्वको क्षेत्रमा रहेको इजरायलले आतंकवादी हमलाको सामना पनि गर्दै आएको छ । तर, इजरायलको सैन्य र प्रविधि साउदी अरब, इरान, युएई जस्ता शक्तिशाली मुसलमान देशहरुको भन्दा अब्बल छ ।

प्यालेस्टाइन राष्ट्रका रुपमा अस्तित्वमा छैन । उसले अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाएको छैन । तर, मुसलमान देशहरु उसको पक्षमा छन् । यसको जवाफमा इजरायलले भूभाग दिएर प्यालेस्टाइन देश निर्माण गर्न चुनौती दिएका हुन् ।

प्रतिक्रिया