२९ जेष्ठ २०८२, बुधबार | June 12, 2025

सर्वोच्च अदालतको न्यायाधीशमा तीन नाम सिफारिश, एक नाममा किन बनेन सहमति


2.2k
Shares

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छ । न्यायपरिषद्ले मंगलबार तीनजनाको नाम सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिश गरेको छ । एकजनाको नाममा सहमति बन्न नसकेपछि सिफारिश हुन सकेन ।

सिफारिश भएकामा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् । पोखरेल सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष छन् । उनले नेपाली पेनसँग आफू न्यायाधीशको प्रतिष्पर्धामा नभएको बताएका थिए ।

वकिलमध्येबाट सर्वोच्चको न्यायाधीश बन्न वरिष्ठ अधिवक्ता हुनुपर्ने मापदण्ड बनाइएको छ । उच्च अदालतका बहालवाला न्यायाधीशबाट दुईजना न्यायाधीशमा सिफारिश भएपछि रिक्त एकबारे के होला चासो बनेको छ ।

अब रिक्त एक न्यायाधीशमा उच्च अदालतका न्यायाधीश र आकांक्षी वरिष्ठ अधिवक्ताहरुबीच तिव्र प्रतिष्पर्धा रहेको छ । मंगलबार नै सम्भावित नाममध्येबाट सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया