२८ जेष्ठ २०८२, मंगलबार | June 11, 2025

बीमाकी डा. सृजना पन्तलाई सिंघानियाको पीएचडी भारी


249
Shares

काठमाडौं, २७ जेठ । नेपालमै बसेर पैसा कमाउने उद्देश्यमा सिमित कतिपय विदेशी विश्वविद्यालयबाट विद्यावारिधी लिनेहरु धमाधम समस्यामा पर्न थालेका छन् । यस्तै भएको छ भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधी लिनेहरुलाई ।

सिंघानियाबाट पीएचडी गरेर नामको अगाडि डा. झुण्डाएकी राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा कार्यरत सृजना पन्त ठूलो समस्यमा परेकी छिन् । उनलाई पीएचडी उपाधि नै घाँडो बनेको छ अहिले । सिंघानियाबाट डाक्टर अफ फिलोसोफी इन म्यानेजमेन्ट एण्ड कमर्समा पीएचडी गरेकी उनलाई १५ असोज २०८० मा पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रदान गरेको थियो ।

पीएचडी अवधिमा पन्तको हाजिर राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा देखिएको छ । जबकि नियमानुसार भारतको विश्वविद्यालयहरुमा कम्तिमा दुई सेमेष्टर बिदा लिई कक्षा लिएको हुनुपर्छ । विना बिदा कसरी भारत पुगेर पन्तले कक्षा लिइन् भन्ने प्रश्न उठेको छ । उनले कक्षा लिएको कुनै प्रमाण पनि दिन सकेकी छैनन् ।

पन्त हाल रिइन्सुरेन्स विभागमा प्रमुख प्रबन्धक र कम्पनी सेक्रेटरी छिन् । उनले नामको अगाडि डा. झुण्डाएकी छिन् ।

सिंघानियाबाट पीएचडी लिएकी शंकरदेव क्याम्पसकी सहायक प्राध्यापक सुमन कमल पराजुली पनि छिन् । उनको पनि क्याम्पसमा हाजिर र पीएची साथ साथ देखिएको छ । मेवार विश्वविद्यालयबाट नर्सिङमा पीएचडी गरेका सुशिला भण्डारी र सरस्वती शर्मा पौड्याल पनि समस्यामा परेका छन् । उनीहरु नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा नर्सिङ पेशामा छन् ।

नेपालमै बसेर अनलाइन कक्षा लिएको दाबी पीएचडी लिनेहरुले गरेपनि त्यसको प्रमाण पेश गर्न सकेका छैनन् । पीएचडीको कक्षा अनलाइन लिन मिल्ने व्यवस्था भारतको विश्वविद्यालयहरुमा छैन । भारतको विश्वविद्यालय अनुदान आयोगले नै पीएचडीका लागि भौतिक रुपमा प्रारम्भिक कक्षा लिनुपर्ने, गाइडलाई भेट्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया