टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २५ जेठ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारको ठेक्का लम्ब्याएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
बिलिङ प्रणालीमा पुरानै ठेकेदारलाई निरन्तरता दिने गरी योजनावद्ध तरिकाले निर्णय भएको थियो । अख्तियारले यस क्रममा करोडौं भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।अख्तियारले मुद्दा दायर गरेकामा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल र टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल पनि छन् । यो प्रकरणमा कुल १८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले ३० जनासँग बयान लिएको थियो । यसका आधारमा ३३ करोड बिगोदाबी र सजायको मागसहित मुद्दा दायर भएको छ ।