आन्दोलनबाट किन ब्याक भए लिङ्देन

काठमाडौं, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लङ्देनले आन्दोलनबाट तत्काल ब्याक भएको संकेत गरेका छन् । गृहजिल्ला झापा पुगेर शनिबार उनले मौसमको कारण देखाउँदै अहिलेलाई आन्दोलन स्थगित भएको घोषणा गरे ।
राप्रपाले उपयुक्त समयमा आन्दोलन गर्ने लिङ्देनको भनाई छ । तर, त्यो आन्दोलन कहिलेबाट सुरु हुन्छ स्पष्ट पारेनन् ।
राप्रपाको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्र नभएको उनको भनाई थियो । उनले देशमा धेरै विषय परिवर्तन आवश्यक रहेको बताए ।
राप्रपासहित राजावादीहरुले आन्दोलन गर्दै आएकोमा लिङ्देनको पछिल्लो भनाई आएको हो । लिङ्देन कतिपय राजावादी नेताहरुसँग असन्तुष्ट छन् । उनी बैठकमा पनि जान छाडेका छन् ।
नवराज सुवेदी राजावादी आन्दोलनको संयोजक छन् । उनलाई लिङ्देनले विगतमा साथ दिन गाह्रो मानेका थिए । फेरि सहमत भएका उनी आन्दोलन स्थगित गर्ने निर्णयमा पुगेका छन् ।