विश्वकै धनाढ्य मस्कले खोल्ने भए नयाँ दल

एजेन्सी, २४ जेठ । विश्वकै धनाढ्य इलन मस्कले नयाँ दल खोल्ने भएको छ । उनले रिपब्लिकन नेता समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध तोडिएपछि नयाँ दल खोल्ने निर्णयमा पुगेका हुन् ।
मस्कको नयाँ दलको नाम अमरिका पार्टी प्रस्तावित गरिएको छ । उनले सामाजिक सञ्जाल एक्समा यसबारे रायसुझाव लिएका थिए । सञ्जालका फलोअरमध्ये ८० प्रतिशतले नयाँ दल खोल्ने पक्ष लिएका थिए ।
मस्कले नयाँ दलका लागि अढाई करोड डलर चन्दा दिने घोषणा समेत गरेका छन् । मस्कको दल रिपब्लिकन र डेमोक्रायटको विकल्प हुनसक्ने देखिएको छ ।
ट्रम्पले मस्कलाई डिओजीई को महत्वपूर्ण जिम्मेवारी दिएका थिए । उनले कर घटाउन योगदान दिएका थिए । तर, अचानक ट्रम्पसँग सम्बन्ध बिग्रिएपछि राजीनामा दिए ।