२४ जेष्ठ २०८२, शुक्रबार | June 7, 2025

उज्वेकस्तान र जोर्डन पहिलेपटक विश्वकपमा छनोट


747
Shares

एजेन्सी, २३ जेठ । उज्वेकस्तान र जोर्डन पहिलोपटक विश्वकपमा छनोट भएका छन् । गएराति एशियाली विश्वकप छनोट खेलमा दुवै देशले २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेका हुन् ।

उज्वेकस्तानले युएईसँग ०-० को बराबरी खेल्यो र दक्षिण कोरियाले इराकमाथि २ ० को जीत निकाल्यो । जसका कारण उज्वेकस्तानले छनोट भएर इतिहास रच्यो ।

जोर्डनले ओमानमाथि ३-० को जीत निकालेपछि ऐतिहासिक सफलता हासिल गर्यो । जोर्डनसँगै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । एशियाबाट जापान, इरान छनोट भइसकेका छन् । अब एशियाबाट सिधै छनोट हुने छैंठो टोली बाँकी छ ।

विश्वकपको अयोजक अमेरिका, क्यानडा र मेक्सिकोको स्थान पक्का छ । ओसेनियाबाट न्युजिल्याण्ड छनोट भइसकेको छ ।

विश्वकपमा पहिलोपटक ४८ देश छनोट हुने प्रावधान छ । यसअघि ३२ देश छनोट भई उपाधिका लागि प्रतिष्पर्धा गर्दथे ।

प्रतिक्रिया