नेपाली सेनाका प्रवक्ता बस्नेत को हुन्

काठमाडौं, २३ जेठ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले पाएका छन् । उनले २२ जेठबाट लागू हुने गरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।
बस्नेतलाई जिम्मेवारी हस्तान्तरण गरेका यसअघिका प्रवक्ता गौरव केसी पूर्वी पृतनाको निमित्त पृतनापतिका रुपमा खटाइएका छन् ।
भक्तपुर गुण्डुका स्थायी बासिन्दा बस्नेत नेपाली सेनामा महत्वपूर्ण कमाण्ड सम्हालेका अधिकृत हुन् । उनले भारत, बेलायत, क्यानडा जस्ता देशहरुमा तालिम लिएका छन् ।
सहाक रथी बस्नेतले जिम्मेवारी सम्हालेको जानकारी गराउँदै सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।